नेपालले अब चीनका बन्दरगाहबाट सामान आयात–निर्यात गर्न पाउने

अर्जुन पोख्रेल

नेपाल–चीन पारवहन यातायात सम्झौताको ‘प्रोटोकल’ले अन्तिम रुप पाएको छ । सम्झाैता अनुसार नेपालले अब चीनका बन्दरगाहबाट सामान आयात–निर्यात गर्न सक्ने छ । नेपालले अब तेस्रो मुलुकबाट चीन हुँदै नेपालमा वस्तु आयात गर्दा प्रयोग हुने त्यान्जिन, सेन्जेन, लियान्योन्गङ, झ्यान्यिङ लगायतका खुला सामुन्द्रिक र ल्यान्झाउ, ल्हासा, सिगात्सेलगायतका सुक्खा  बन्दरगाह उपयोग गर्न पाउने भएको हो।

बुधबारदेखि काठमाडौंमा बसेको २ देशका अधिकारीको बैठकले मध्यरातमा ऐतिहासिक सम्झौता गरेको हो । पारवहनका लागि नेपालले चीनसँग मागेका सडक मार्ग र बन्दरगाह उपलब्ध गराउन चीनले सहमति जनाएको छ । 

नेपाल र चीनबीच २ वर्षअघि सन् २०१६ मा व्यापार तथा पारवहनसम्बन्धी सम्झौता भएको थियो, त्यसलाई कार्यान्वयन गर्न अहिले नेपालमा बैठक बसेको हो । प्रोटोकल टुंग्याउन यसअघि २ वटा बैठक चीनमा भैसकेका थिए । पहिलो बैठक सन् २०१६ मा चीनको ल्हासामा भएको थियो भने गएको जुनमा दोस्रो बैठक पनि चीनमै भएको थियो ।

बैठकमा नेपालको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैँजुले  गर्नुभएको थियो । यस्तै बैठकमा पराराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, अर्थ मन्त्रालयका प्रतिनिधि पनि सहभागी भएका थिए  । चीनको तर्फबाट चीनको यातायात विभागमा महानिर्देशक वाङ सिपिङले बैठकको नेतृत्व गर्नुभएको थियो ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अतिरिक्त परराष्ट्र, अर्थ, भौतिक पूर्वाधार तथा यातायात, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालका साथै व्यापार प्रवद्र्धन केन्द्र र नेपाल इन्टरमोडेल ट्रान्सपोर्टेशन बोर्डका उच्च अधिकारीको सहभागिता रहेको मन्त्रालयले जनाएको छ । दोस्रो परामर्श बैठक गत असार २६ र २७ गते बेइजिङमा बसेको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button