अमेरिकामा सर्वाधिक शो पाउने नेपाली फिल्म ‘पूर्णबहादुरको सारङ्गी’

काठमाडौँ, मंसिर २-

‘पूर्णबहादुरको सारङ्गी’ले अमेरिकामा सर्वाधिक शो पाउने नेपाली फिल्मको कीर्तिमान रचेको छ । शनिबार एकैदिनमा फिल्मको शो संख्या २२६ थियो ।

वितरण कम्पनी नेपाल इलेभन इन्टरटेनमेन्टले यसअघि ‘डिग्री माइला’ले एकैदिनमा रचेको ९० शो कीर्तिमानलाई यो फिल्मले उछिनेको जनाएको हो । टेक्सासको डालसस्थित पाँच हलमा फिल्मले २० शो पाएको छ ।

ह्युस्टनका तीन हलमा ११ शो, ओहायो कोलम्बसका तीन हलमा १३ शो धेरैमध्ये हुन् । विशेषगरी नेपालीहरुको बाक्लो बसोबास रहेको टेक्सास, ओहायो क्षेत्रमा शो संख्या उच्च देखिएको छ ।

नोभेम्बर ८ मा रिलिज भएको फिल्मले सुरुवाती तीन दिनमा ३५० शो पाएको थियो । तर समग्रमा ‘डिग्री माइला’को ५६० शो थियो । जारी ट्रेन्ड हेर्दा ‘पूर्णबहादुरको सारङ्गी’ले यो शोलाई पनि उछिन्ने प्रक्षेपण छ ।

 

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button