सप्तगण्डकी क्याम्पसमा प्रध्यापक, विद्यार्थीसहित ८२ जनाले गरे रक्तदान

चितवन मंसिर २-

सप्तगण्डकी बहुमुखी क्याम्पसले ३७ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । क्याम्पस र नेपाल रेडक्रस सोसाइटी भरतपुरको संयुक्त रुपमा आयोजनामा गरिएको कार्यक्रममा प्रध्यापकसहित विद्यार्थीहरुले रक्तदान गरेका हुन् ।

कार्यक्रममा ८२ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक तथा पूर्व क्याम्पस प्रमुख कृष्ण प्रसाद घिमिरेले जानकारी दिएका छन् । उनका अनुसार क्याम्पस संचालक समितिका अध्यक्ष टेकबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा १२ जना प्रध्यापक, ६२ जना विद्यार्थीसहित अन्य ८ जनाले रक्तदान गरेका हुन् । चितवन मेडिकल सिटि भएकोले उपचारका लागि देशभरबाट बिरामी भरतपुर आउने, दुर्घटना धेरै हुने र यहाँ सधै रगतको अभाव रहने भएकोले क्याम्पसमा रक्तदान कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।

प्रत्यक वार्षिकोत्सवको अवसरमा आयोजना गरिने रक्तदान कार्यक्रमलाई आगामी वर्षबाट वार्षिक रुपमा दुई पटक आयोजना गर्ने क्याम्पसको योजना रहेको पूर्व क्याम्पस प्रमुख घिमिरेले बताए । कार्यक्रममा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सप्तगण्डकी बहुमुखी क्याम्पसका अध्यक्ष प्रकाश सिलवालले पनि रक्तदान गरेका थिए । यस्तै वार्षिकोत्सवको अवसरमा क्याम्पस परिसर सरफाइ पनि गरिएको थियो ।

 

 

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button