आईडी स्वत नवीकरण हुने

आन्तरिक मन्त्रालयको स्मार्टफोन एप मेट्राश २ एप बाट अब आईडी स्वत नवीकरण हुने भएको छ । जेरो क्लिक नाम दिइएको उक्त सेवा प्रयोग गर्न अटोम्याटिक रेसिडेन्सी रिनिवलमा कम्पनीले आफ्नो कामदारको आईडी दर्ता गर्नुपर्नेछ।
त्यसपश्चात आईडी स्वत नवीकरण हुनेछ र मन्त्रालयले कम्पनीको ठेगानामा आईडी पठाउनेछ । आन्तरिक मन्त्रालयको जनसम्पर्क विभागको सहयोगमा सूचना प्रविधि महानिर्देशनालय द्वारा आयोजना गरिएको मेट्रेश २ सेवा बारे अनलाइन सेमिनारको मार्फत उक्त जानकारी दिइएको हो ।
मेट्राश २ एप मार्फत भिसा,ट्राफिक,आईडी,राहदानी लगायत दुई सय भन्दा बढी सेवा लिन सकिन्छ ।