माओवादी पदाधिकारी बैठक स्थगित

काठमाडौं, कात्तिक २५-
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक अध्यक्ष पुष्पकमल दाहाल काठमाडौं बाहिर रहेकाले बैठक स्थगित गरिएको सचिव दिनानाथ शर्माले जानकारी दिए ।अध्यक्ष दाहाल मकवानपुरको कार्यक्रममा व्यस्त भएकाले आजको बैठक भोलि बिहान दाहाल निवास खुमलटारमा बस्नेगरी स्थगित गरिएको हो ।
बैठकमा आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन तथ समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्ने एजेन्डा रहेको थियो ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।