ढुङ्गानाको योगदान राष्ट्र र जनताले सम्झिरहनेछन्: अध्यक्ष दाहाल

काठमाडौँ, मङ्सिर २-

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिक आन्दोलनका अगुवा दमननाथ ढुङ्गानाले राजनीतिक तथा सामाजिक परिवर्तनमा दिनुभएको योगदान नेपाल र नेपाली जनताले सदैव सम्झिरहने बताउनुभएको छ ।

अध्यक्ष दाहालले नेपालको लोकतान्त्रिक आन्दोलनका महत्वपूर्ण व्यक्तित्व, पूर्वसभामुख ढुङ्गानाको निधनको खबरले दुःखी बनाएको बताउनुभएको छ । उहाँले ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण र परिवारजनमा समवेदना व्यक्त गर्नुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

पूर्वसभामुख ढुङ्गानाको ८३ वर्षको उमेरमा राजधानीको फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आज दिउँसो निधन भएको थियो ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button