बिरामी भएर नेपाल जाँदा “फिट टु फ्लाई” प्रमाणपत्र चाहिने

सुत्केरी तथा गर्भवती महिला र कोभिड-१९ बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिहरुले नेपाल भ्रमण गर्दा फिट टु फ्लाई प्रमाणपत्र साथमा राख्नुपर्ने भएको छ । दूतावासले सूचना जारी गर्दै अन्य बिरामीहरुलाई कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थल बाट उडान गर्न नदिने जानकारी आएपछि दूतावासले उक्त प्रमाणपत्र अनिवार्य गर्नुपरेको जानकारी दिएको छ ।
त्यस्तै आफन्तको मृत्यु भै काजकिरियाको लागि नेपाल जान पर्ने,कोभिड १९ बाहेक अन्य कारणले बिरामी भएका,सुत्केरी तथा गर्भवती महिला,बालबालिका तथा जेष्ठ नागरिक,भिसा सकिएका वा आईडी रद्द भएका,कन्ट्याक्ट् सकिएका वा रोजगारी गुमाएका,बेतलबी बिदामा बस्नुपरेका लगायत सबैलाई प्राथमिकताको आधारमा उडान उपलब्ध भए बमोजिम नेपाल पठाईने हुँदा आफ्नो पालो पर्खन दूतावासले आग्रह समेत गरेको छ । अहिलेको समयमा दूतावास बाट प्रवाह हुने सेवा लिन हटलाइन नम्बर ४४६७५६८१ मा फोन गरि आफुले चाहेको एक्सटेन्सन नम्बरमा डायल गरि सेवा लिन दूतावासले भनेको छ । आफुले चाहेको एक्सटेन्सन नम्बर थाहा पाउन दूतावासको फेसबुक पेज हेर्न सकिन्छ ।