चेक बाउन्स मुद्दामा २ वर्ष कैद सुनाइएका गुन्डा नाइके पक्राउ

काठमाडौँ, मंसिर ३-

चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका गुन्डा नाइके सत्यमान लामा पक्राउ परेका छन् । काभ्रेको तेमाल घर भई काठमाडौं महानगरपालिका-४ बस्दै आएका लामालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार लामालाई जिल्ला अदालत काठमाडौंले २०८० चैत २७ गते २ वर्ष कैद र ३० लाख बिगो र ३० लाख जरिवाना सजाय हुने फैसला गरेको थियो ।

उनी बुद्धचित्त र रक्तचन्दन व्यापारमा पनि मुछिएका थिए । २०७५ सालमा किसानको बुद्धचित्त माला लुटपाट गरेको आरोपमा पनि उनी पक्राउ परेका थिए ।

 

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button