भारतीय अभिनेता इरफान खानको निधन

बलिवुड अभिनेता इरफान खानकाे निधन भएकाे छ । पछिल्लाे केही दिनदेखि इरफानकाे स्वास्थ्य अवस्था बिग्रँदै गएपछि मङ्गलबार उनलाई सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएकाे थियाे । क्यान्सर रोगबाट पीडित अभिनेता खनालको उपचारको क्रममा निधन भएको निर्देशक शूजित सरकारले ट्वीट गर्दै जानकारी दिएका हुन् ।
खानकी आमा सईदा बेगमको पनि हालै मात्र निधन भएको थियो । लकडाउनको कारण इरफान आफ्नी आमाको अन्तिम यात्रामा पनि उपस्थित हुन सकेका थिएनन् । उनले भिडियो कलमार्फत आमाप्रति श्रद्धान्जली प्रकट गरेका थिए ।
इरफान खानले आफ्नाे अभिनय काैशलका कारण बलिवुडमा मात्रै नभए र हलीवुडमा समेत छुट्टै छाप छाेडेका छन् ।