कसरी पुग्ने कर्नेश ? (सम्पूर्ण जानकारी सहित)

भोलि नोभेम्बर १ देखि डिसेम्बर १९ सम्म कर्नेश रोडमा साइकल,स्कुटर, मोटरसाइकल तथा सवारी साधनलाई पुर्ण रुपमा गुड्न रोक लगाइनेछ ।

पैदलयात्रीका लागि मात्र छुट्टयाइएको कर्नेश क्षेत्र विश्वकप हेर्न आउने दर्शकको लागि मुख्य आकर्षणको केन्द्र हुनेछ । शेराटन होटेल देखि एमआईए पार्क सम्मको ६ किलोमिटर दुरीमा आयोजना हुने वाटरफ्रन्ट (पानीको फोहोरा),अल बिद्दा पार्कमा आयोजना हुने फिफा फ्यान फेस्टिभल अन्तर्गतको साङितिक कार्यक्रम ,खेल हेर्ने सय मिटरको स्क्रिन ,फुड स्टल लगायत अन्य गतिविधिले पनि कर्नेश भरिभराउ हुने अनुमान गरिएको छ ।

यसकारण प्रतियोगिता अवधिभर कर्नेशमा सवारी पूर्णरुपमा निषेध हुनेछ ।

मध्ये दोहामा सवारीलाई रोक

भोलि देखि नै मध्ये दोहा भित्र सामान्य तथा कालो नम्बर प्लेट भएका सवारी पनि दिउँसो १२ देखि बिहान २ बजे सम्म गुड्न पाउने छैनन्। यो समयमा सवारी चलाए भारी जरिवाना हुने आन्तरिक मन्त्रालयले यसअघि नै जानकारी गराइसकेको छ।

कसरी पुग्ने कर्नेश ?

सवारी निषेधको बेला यातायातका लागि सरकारले विभिन्न किसिमको सार्वजनिक सवारीको व्यवस्था गरेको छ । जसमध्ये कर्वा बस,ट्याक्सी र मेट्राे राम्रो विकल्प रहेको छ ।

ट्याक्सी

अस्घाल टावर,अल बिद्दा पार्क,खलिफा टेनिस एन्ड  स्क्वास कम्प्लेक्स,शौक वकिफ,एमआईए पार्क र वल्ड दोहा पोर्टमा तोकिएको ट्याक्सीपार्क बाट  कर्वा,करिम,उबर,लिमोजिन लगायतको ट्याक्सी सेवा मार्फत कर्नेश आउन र जान सकिन्छ ।

मेट्राे

डिईसीसी,वेस्ट बेको कतार इनर्जी,अल बिद्दा,मिशरिब,शौक वकिफ स्टेशन बाट कर्नेश आउन र जान सकिन्छ । कर्नेशको स्टेशनबाट भने फर्कन मात्र मिल्नेछ। मेट्राे बिहान ६ देखि बिहान ३ बजे सम्म चल्नेछ । शुक्रबार मेट्राे बिहान ९ देखि बिहान ३ बजे सम्म चल्नेछ । हय्या कार्ड हुने यात्रुले निशुल्क यात्रा गर्न पाउनेछन् ।

निजी कार

निजी कारहरूको लागि ड्रप-अफ/पिक-अप क्षेत्र इमाम मुहम्मद बिन अब्दुल वहाब मस्जिद (अल इस्तिकलाल स्ट्रीट) मा तोकिएको छ। त्यहाँ बाट हिडेर कर्नेश पुग्न सकिन्छ ।

त्यस्तै पार्क एन्ड राईडको लागि कतार युनिभर्सिटी,अल मेसिल्ला,उम्म घुवैलिना र जेलैअह कार पार्क पार्किङको लागि छुट्टयाइएको छ । त्यहाँबाट मेट्राे वा बस चढेर कर्नेश पुग्न सकिन्छ ।

बस

कर्नेश आउन र जान कर्वा बसको सुविधा पनि रहेको छ । कर्नेश (C806),बि रिङ्ग रोड (C804) र सि रिङ्ग रोड (C805) को लागि सार्वजनिक बसले सेवा दिनेछ । बिहान ९ देखि बेलुका ५ बजे सम्म हरेक स्टेशनबाट १५ मिनेटको समयमा बस गन्तव्यका लागि छुट्नेछ । बेलुका ५ देखि बिहान ३ बजेसम्म बस प्रत्येक ८ मिनेटमा छुट्नेछ । बसको रुट र स्टेशन हय्या एप र कर्वाको वेबसाईट बाट हेर्न सकिन्छ । हय्या कार्ड हुने यात्रुले निशुल्क यात्रा गर्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
68
मनपर्‍यो
खुसी लाग्यो
88
खुसी लाग्यो
दुःख लाग्यो
22
दुःख लाग्यो
रुन मन लाग्यो
20
रुन मन लाग्यो
हाँसो लाग्यो
15
हाँसो लाग्यो
रीस उठ्यो
44
रीस उठ्यो
Back to top button