‘छक्का पञ्जा २’ ५१ दिनमा, कतारमा भोली दोश्रो शो

गत वर्षको रेकर्ड ब्रेकर सिनेमा ‘छक्का पञ्जा’को सिक्वेल ‘छक्का पञ्जा २’ ले प्रदर्शनको ५१ दिनमा प्रवेश गरेको छ । असोज ११ गतेदेखि प्रदर्शनमा आएको यो मल्टीस्टार फिल्मले कात्तिक ३० गते बाट प्रदर्शनको एकाउन्न दिनमा प्रवेश गरेका हो । हालसम्म साढे पन्ध्र करोडको ग्रस कलेक्सन गरिसकेको’ छक्का पञ्जा २’ टिमले आज  बिहिबार कमल पोखरी स्थित सिटी सेन्टरमा ५१ दिने सेलिव्रेसन कार्यक्रम समेत राखेको छ ।

कतारमा ‘छक्का पञ्जा २’ को दोश्रो शो भोली शुक्रबार 
गत शुक्रबार मात्रै कतारमा‘छक्का पञ्जा २’प्रदर्शन भएको थियो । कतारको ग्राण्ड मल स्थित एसियन टाउन सिनेमामा प्रदर्शन भएको ‘छक्का पञ्जा २’ हेर्ने दर्शकहरुको बाक्लो उपस्थिति थियो । आयोजकका अनुसार झण्डै सय दर्शकले टिकट नपाएर फर्केका थिए । यहि कारण दर्शकहरुको माग अनुसार भोली शुक्रबार पनि कतारमा सिनेमा प्रदर्शन हुने भएको छ ।

Advertisement

कहाँ ?
सनैया स्थित ग्राण्ड मल नजिकैको एसियन टाउन सिनेमाको हल नं ३, जुन लाली गुराँस होटेल नजिकै रहेको छ ।
समय ?
टिकट लिन र हल प्रवेशका लागि प्रयप्त समय होस् भनेर प्रचारमा दिउँसो २:१५ बजे भनिएता पनि फिल्म भने २:४५ मा मात्र चल्नेछ । टिकट काउन्टर भने बिहान ११ बजे देखी सोही स्थानमा खुल्नेछ ।
टिकट दर ?
अगाडिका ५ रो का सिटहरुको ३५, माझको ५० र फ्यामिली/VIP को ७५ कतारी रियाल पर्ने छ ।
किन महँगो ?
कतारका हल वा बितरक आँफैले नेपाली फिल्म चलाऊदैनन् र नेपाली फिल्म वा मराठी फिल्म प्रदर्शनका लागि हल आँफैले प्रति सीटको २१ रियाल लिने गरेको र फिल्मको अलगै पैसा जोड्दा कतारमा नेपाली फिल्म महँगो पर्न गएको पनि आयोजकले क्यु एन खबरलाई बताएको छ ।
थप गुनासा वा जानकारी का लागि 50916387 मा सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button