चितवनमा ग्यास बुलेटको ठक्करबाट महिलाको मृत्यु

चितवन, मंसिर ३-

चितवनमा ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङमा ग्यास बुलेट ठक्कर दिदाँ अन्दाजी ५५/६० वर्षीया पैदल यात्री महिलाको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्लन प्रहरी कार्यालय चितवनका अनुसार आज (सोमबार) दिउँसो १२ः२५ बजे भारतबाट बनेपा जाँदै गरेको एनएल ०१ एन २०८० नम्बरको भारतीय ग्यास बुलेटले महिलालाई ठक्कर दिएको थियो ।

दुर्घटना पछि स्थानीयले बाटो अवरुद्ध पारेर घटनाको विरोध गरेको थिए । हाल प्रहरीले घटना स्थलबाट बुलेट चालक भारतको बिहार प्रदेश बेगुसराय पपरोर मन्सिपालिर ८ निवासी ६२ वर्षीया मोहम्मद मतिनलाई नियन्त्रणमा लिएको छ ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button