रास्वपा अध्यक्ष लामिछानेलाई अदालत उपस्थित गराइयो

गण्डकी, पुस २-
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । सहकारी ठगीको अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा रहनुुभएका उहाँलाई म्याद थपका लागि अदालत उपस्थित गराइएको हो । प्रहरीले निजमाथिको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइसके पनि उक्त प्रतिवेदन अध्ययन गरी अभियोजन तयार गर्ने काम भइरहेकाले म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो । उहाँलाई गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर पोखरा ल्याइएको हो ।रासस
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो