"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

इरानको परमाणु केन्द्रमा इजरायलले गर्‍यो आक्रमण

तेहरान, मंसिर ४-

इरान र इजरायलबिचको तनाव अझै चरम सीमामा छ । दुवै देश एक अर्कालाई खत्तम बनाइदिने कुरा गरिरहेका छन् । यसैबिच इजरायलले इरानका कयौँ आणविक स्थलमा आक्रमण गरेको छ । यो आक्रमणबाट इरान स्तब्ध भएको छ । यसै सन्दर्भमा इजरायलले अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेको छ ।

आफूले ट्रम्पसँग कुरा गरेको र दुवै देश इरानको खतराप्रति चिन्तित रहेको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बताएका छन् । अमेरिकासँग मिलेर हामी इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने प्रयास गरिरहेका छौँ । अक्टोबर २६ मा भएको आक्रमणले इरानको आणविक कार्यक्रमलाई ठुलो धक्का दिएको पनि उनले बताए ।

यसैबिच, अमेरिका पनि नेतान्याहुको मनोमानीसँग बेखुस देखिएको छ । इजरायलले हालै गाजामा सर्वसाधारणमाथि गरेको कारबाहीप्रति अमेरिका चिन्तित छ । वेस्ट बैंकमा सञ्चालित छवटा शिविरहरूलाई उसले प्रतिबन्ध लगाएको छ । गाजामा इजरायली आक्रमणले सर्वसाधारणको सम्पत्तिमा पनि ठुलो क्षति पुगेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले इजरायलले यस क्षेत्रको शान्तिमा खलल पुर्‍याउनेमाथि कडा कारबाही गर्नुपर्ने बताएका थिए ।

आईएईएको चेतावनी

हालै, आईएईए प्रमुख राफेल मारियानो ग्रोसीले मध्यपूर्वमा युद्ध जारी रहेकाले र राष्ट्रपति चुनाव जितेर डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्किँदै गर्दा इरानको बढ्दो आणविक कार्यक्रमबारे वार्ता र कूटनीतिको दायरा घट्दै गएको चेतावनी दिएका थिए । ग्रोसीले हालै तेहरानको भ्रमण गरेका थिए । उनले यो भ्रमण इरानको आणविक कार्यक्रमसम्म आफ्ना निरीक्षकहरूको पहुँच पुनर्स्थापित गर्न गरेका थिए । यसअघिका भ्रमणहरूमा उनले यस मामिलामा सीमित सफलता पाएका थिए ।

इजरायली प्रधानमन्त्रीले एक कार्यक्रममा अक्टोबर २६ मा भएको आक्रमणमा इरानको आणविक अखडामा ठुलो क्षति पुगेको बताए । उनले आणविक हतियार सम्पन्न इरान हाम्रो अस्तित्वका लागि खतरा भएको पनि बताए । ‘हामी हाम्रा छिमेकी देशहरूसँग शान्ति सम्झौता चाहन्छौँ, ताकि विश्व शान्ति पनि स्थापना होस् ।’ उनले भनेका थिए । तर, अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई इरानको आणविक स्थल र तेलको कुवालाई लक्षित नगर्न अपिल गरेका थिए । एजेन्सी

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button