दोहोरो टिकट हुनेले कतार बाहिरिन पनि होटेल बुकिङ गर्नुपर्ने

कतार बाट जाने आउने दोहोरो टिकट भएका यात्रुले पनि १४ दिनको होटेल बुकिङ देखाउनुपर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले हिजो सुचना प्रकाशित गर्दै कतार फर्कने यात्रुले कतार बाहिरिनु पुर्व सरकारले तोकेको क्वारेन्टाइन होटेलमा १४ दिनको रेजर्भेसन देखाउनुपर्ने बताएको हो ।

सम्पूर्ण एयरलाइन्स , ट्राभल एजेन्ट र यात्रुहरुलाई १४ दिनको होटेल बुकिङ कन्फर्म गरेपछि मात्र कतार बाहिरिन प्राधिकरणको २०२० को १२ नम्बर सूचनामा उल्लेख गरिएको छ ।

यदि कतार आउने मिति परिवर्तन भए उपलब्धीको आधारमा होटेल बुकिङ पनि सार्न मिल्नेछ ।

यसअघि कतार बाहिर रहेका यात्रुले मात्र कतार आउन १४ दिनको होटेल बुकिङ देखाउनु पर्ने नियम थियो ।

प्राधिकरणले सूचना संगै बुकिङ गर्न दिएको १९ होटेलहरु :

१. दुशित दोहा
२. दि वेस्टइन दोहा होटेल एन्ड स्पा
३.टाईम राको होटेल
४. दि टाउन होटेल
५. इज्दान होटेल दोहा – टावर २
६. म्यारीयोट मर्किस सिटी सेन्टर दोहा होटेल
७. अल रय्यान होटेल दोहा
८.सिटी सेन्टर रोटाना दोहा होटेल
९.किङ्सगेट दोहा होटेल
१०. मिलेनियम सेन्ट्रल होटेल
११. मिलेनियम प्लाजा होटेल
१२. वुन्धाम ग्रान्ड रेजेन्सी होटेल
१३. दुशित डि टु सल्वा दोहा
१४. इज्दान होटेल दोहा – टावर १
१५. ग्रान्ड रेगल होटेल
१६. होलिडे भिल्ला होटेल
१७. के१०८ होटेल
१८. ला भिल्ला होटेल
१९. सफिर होटेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button