"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

डोटी सवारी दुर्घटनाः क्षतिपूर्तिको माग गर्दै के आई सिंह राजमार्ग अवरुद्ध

डोटी, मंसिर २-

सवारी दुर्घटना प्रकरणमा डोटीस्थित केआईसिंह राजमार्ग अवरुद्ध पारिएको छ । अपरिचित गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दिपायल सिलगढी नगरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउदको मृत्यु भएपछि आफन्तले सडक अवरुद्ध पारेका छन् ।

शनिबार साँझ सुपप्र ०३००१ प ०६६८ नम्बरको मोटरसाइकललाई शिखर नगरपालिका–८ खुनस्थित नम्बर नखुलेको बोलेरो जिपले ठक्कर दिँदा मोटरसाइकलमा सवार साउदको मृत्यु थियो भने मोटरसाइकल चालक प्रकेश विक घाइते भएका थिए । दुर्घटनामा परी ज्यान गुमाएका मृतकका परिवारले क्षतिपूर्तिको माग गर्दै सोमबार साँझबाट राजमार्ग अवरुद्ध पारेका हुन् ।

राजमार्ग अवरुद्ध हुँदा डोटी, आछाम र बाजुराबाट अन्यत्र जाने तथा तराईबाट भित्रिने सवारी साधन तथा सयौँ यात्रु अलपत्र परेका छन् । अलपत्र परेका यात्रुले यथाशीघ्र अवरुद्ध सडक खोल्नुपर्ने भन्दै दबाब दिइरहेका छन् ।

यता जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्दीप शाहले पीडित पक्षसँग सहमतिका लागि जिल्ला प्रहरी कार्यालयमा वार्ता जारी रहेको जानकारी दिनुभयो । प्रहरीले सो दुर्घटनामा संलग्न भएको आशङ्कामा एक बोलेरो जिप र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक शाहले बताउनुभयो । रासस

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button