आइतबार बैंक बन्द हुने

क्युएनए
कतार केन्द्रीय बैंकले आइतबार (मार्च ६ तारिख) सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई सार्वजनिक बिदा दिने घोषणा गरेको छ।
सन् २००९ को मन्त्रिपरिषद बैठकको निर्णय नम्बर ३३ बमोजिम कतार केन्द्रीय बैंक अन्तर्गतका सम्पूर्ण बैंक,रेमिट्यान्स घर, पुजिनिवेस कम्पनी,बीमा कम्पनी लगायत अन्य वित्तीय संस्थालाई मार्च महिनाको पहिलो आइतबार बिदा दिने घोषणा गरिएको थियो।
कतार केन्द्रीय बैंकको विज्ञप्ति अनुसार बैंक तथा वित्तीय संस्था सोमबार मार्च ७ देखि पुन सञ्चालनमा आउनेछ।
One Comment