कतार र अमेरिकाबिच आतंकवाद विरुद्ध लडने सहमति

कतार र अमेरिकाबिच विद्रोही संगठनलाई आर्थिक सहयोग रोक्ने सम्बन्धमा सहमति भएको छ । चार खाडी मुलुकले कतारसँग गरेको नाकावन्दी र कुटनैतिक सम्बन्ध विच्छेद बारे बुधवार साउदी अरवको जेदाहमा हुने खाडी देशका विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी हुनु अघि अमेरिकी विदेश सचिव टिलरसन र कतारी विदेश मन्त्रि शेख मोहम्मद विन अब्दुल रहमान अल थानीबिच यस्तो सहमति हिजो दोहामा भएको हो ।


आतंकवादी गतिविधिहरु रोक्ने, आर्थिक सहयोगहरु रोक्ने  र आतंकवादको विरुद्ध गरिने कारवाहीलाई तीब्र बनाउने समेत सहमतिमा उल्लेख गरिएको छ तर नाकावन्दी लगाउने चार खाडी मुलुकले भने यो सम्झौताले मात्र समस्या समाधान नहुने बताएका छन् ।

कतारले यस्तै सहमति केही दिन अगीमात्र वेलायतसँग पनि गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button