संक्रमितको संख्या ३० हजार नाघ्यो,आज एक जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ४,५३१ जनामा गरिएको परिक्षणमा थप १,५४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको,२४२ जनालाई निको भएको र एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या ३०,९७२ पुगेको छ ।

 

आज मृत्यु हुने ७४ वर्षीय स्थानिय व्यक्ति रहेका छन् ।

हालसम्म ३७८८ जना निको भएर घर फर्किएका छन् भने १३०८ जना भने अस्पातलमा स्वास्थ्य सेवा लिइरहेका छन । जम्मा १५८ मध्ये गएको २४ घण्टामा १५ जनालाई आइसीयुमा भर्ना गरिनुका साथै २७,१६९ जना उपचारत छन् । आज सम्म १,५२,७०४ जनालाई जाँच गरिएको मन्त्रालयले बताएको छ । भाइरसका कारण हालसम्म कतारमा १५ जनाको मृत्यु भईसकेको छ ।

कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

नेपालमा के छ अवस्था  ?
(यो समाचार तयार पार्दा सम्मकुल संक्रमित र मृत्‍युहुने को संख्या )
नयाँ संक्रमित ११ जना  | हाल सम्म संक्रमित २७८ जना  | निको हुने ३६ जना  | १६,३६६ क्वारेन्टाइनमा | ३२० आइसोलेसनमा |मृत्यु

गल्फमा कहाँ कती भए
(क्युएनखबरले यो समाचार तयार पार्दासम्म कुलसंक्रमित, निको हुने र मृत्‍युहुने को संख्या)

१-साउदी अरेबिया——- ४९,१७६  / निको हुने २१,८६९ / मृतक संख्या २९२ (आजको अपडेट आउन बाँकी) 
२-संयुक्त अरब इमिरेट्स- २१,८३१ / निको हुने ७,३२८ / मृतक संख्या २१० (आजको अपडेट आउन बाँकी )
३-कुवेत—————– १२,८६०  / निको हुने ३,६४० / मृतक संख्या ९६  (आजको अपडेट आउन बाँकी ) 
४-बहराइन ————- ६,५८३ / निको हुने २,६४० / मृतक संख्या १२ (आजको अपडेट आउन बाँकी)
५-ओमान —————५,०२९ / निको हुने १,४३६ / मृतक संख्या २०

याद राखौ
भोली देखी मास्क नलगाए दुई लाख रियाल जरिवाना हुन सक्नेछ ।
कोरोना भाइरसको जोखिम कम गर्न सम्पुर्ण नागरिकले मास्क लगाउनु पर्ने नियम कतार सरकारले लगाएको छ ।

यो पनि पढौ

कोरोना भाइरस : कतारमा रहेका कामदारले जान्नैपर्ने कुराहरु

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button