चितवनमा मानवअधिकारको अवस्थाबारे समिक्षा
चितवन, मंसिर ४-
चितवनमा राष्ट्रिय मानव अधिकार सम्वन्धी पाचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयको अवस्थाका बारे समिक्षा गरिएको छ । जिल्ला समन्वय समिति चितवनको आयोजनामा मंगलबार (आज) जिल्लाका जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख र मानवअधिकार क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधिहरु बिच कार्यान्वयनको अवस्थाका विषयमा छलफल गरिएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीले मानव अधिकारको पक्षमा रहेर काम गर्न अनुरोध गर्नुभयो । उहाँले चितवनमा मानव अधिकार उलङ्घनका घट्नाहरु न्यून भएपनि सचेत भने अनिवार्य हुनुपर्ने बताउनुभयो ।
चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले मानव अधिकारको पक्षमा काम गर्ने प्रतिवद्ध रहेको बताउनुभएको छ । उहाँले मावन अधिकारलाई कायम राख्नका लागि शक्तिको समेत प्रयोग गर्नुपर्ने अवस्था आउने गरेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी उपरिक्षक गौतम मिश्रले चितवनमा गम्भिर मानव अधिकार उल्ङ्घनका मुद्दा नभएको बताउनुभयो । प्रहरी कार्यालय भित्र हिरासतका विषयमा आफूहरु संवेदनशिल रहेको बताउँदै कसैको अधिकार संरक्षण गर्नका लागि प्रहरीले बल प्रयोग गर्नुपरेको बताउनुभयो ।
सरकारी वकिल कार्यालयका प्रमुख न्याधिवक्ता शान्तिराज लुईटेलले भरतपुर कारागारमा क्षमताभन्दा बढी कैदिवन्दी रहेको बताउँदै त्यस तर्फ सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ । पीडितले न्याय प्राप्तिका लागि सबै पक्ष लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा कालिका नगरपालिका प्रमुख विनोद रेग्मी, खैरहनी नगरपालिकाका उपप्रमुख कविता उप्रेती, माडी नगरपालिका उपप्रमुख खेम महत्तो लगायतको उपस्थिती रहेको थियो ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।