श्रमिकको समस्या समाधान गर्न नेपाली दूतावास अघि बढ्दै

कतारमा रहेका नेपाली संघसाथा बीच समन्वय गर्दै नेपाली कामदारको समस्या सुल्झाउन नेपाली दूतावासको अायोजनामा गत शुक्रबार ‘शेरिङ एण्ड हेरिङ(बाड्ने/सुन्ने)’ बिषय अन्तर्गत पहिलो मासिक अन्तर्क्रियात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाली राजदूतावासको नियमित सेवा प्रवाह, श्रमिक हकहित संरक्षण एवम् समस्या समाधान र नेपाल- कतार सरकारबीच सम्पन्न उच्चस्तरीय भेटघाट तथा छलफल र राजदूतावासका नवीनतम कार्यहरुको विवरण प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा राजदूतावासले भाद्र र असोज महिनामा प्रवाह गरेको सेवाहरु, राजदूतावासको नियमित सेवा प्रवाह एवम् आवश्यक कागजात , राजदूतावासलाई सम्पर्क गर्ने माध्यमहरु, श्रमिकको गुनासो सुन्ने प्रकृया, श्रमिकको हकहित संरक्षणका लागि नीतिगत तथा व्यवहारिक तहमा भएका प्रयासहरु, श्रमिकको हित संरक्षणका लागि भावी कार्यहरु, राजदूतावासबाट अवलम्बन नविनतम कार्यहरु, उच्चस्तरीय कुटनीतिक भेटघटका क्रममा भएका छलफल लगायतका मुख्य-मुख्य बिषयहरुको शीर्षकमा छुट्टाछुट्टै प्रस्तुतीकरण गरिएको थियो । कार्यक्रममा राजदूतावासको प्रस्तुतीकरण पश्चात् सहभागीहरुको विभिन्न जिज्ञासाहरुको दूतावासले जवाफ पनि दिएको थियो ।

कार्यक्रमको समापनको अवसरमा बोल्दै कतारका लागि नेपाली राजदूत महामहिम प्रा. रमेश प्रसाद कोइरालाले नेपाल कतारबीचको द्विपक्षीय सम्बन्धलाई र विशेषत् श्रम सम्बन्धलाई थप उचाईमा लैजानका लागि नेपाली राजदूतावास, योजनावद्ध रूपमा क्रियाशील हुँदै आएको र आगामी दिनहरूमा थप प्रभावकारिताका साथ कार्यहरू अगाडि बढाउन लागिएको जानकारी दिएका थिए ।

राजदूत प्रा.कोइरालाले कतारमा कार्यरत नेपाली श्रमिकहरुलाई मध्यनजर गरी दूतावास कतार सरकारका सम्बन्धित निकायहरुसँग समन्वय गरी विभिन्न कार्यक्रमहरु ल्याउन प्रयासरत रहेको जानकारी गराए । साथै उक्त ‘शेरिङ एण्ड हेरिङ ‘ कार्यक्रमकमा उपस्थित भई  जिज्ञासा तथा सुझाव राख्ने सम्पूर्ण सहभागीहरुलाई दूतावासको तर्फबाट राजदूत कोइरालाले धन्यवाद ज्ञापन गरेका थिए।त्यस्तै आउने महिनामा यसै कार्यक्रमको अर्को सस्करणमा भेट हुने प्रतिबद्धता साथ कार्यक्रम समापन भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button