वेस्ट बैंकमा इजरायली सेनासँगको भिडन्तमा तीन प्यालेस्टाइनीको मृत्यु

काठमाडौं, मंसिर ५-

उत्तरी वेस्ट बैंकको जेनिनस्थित कबातिया सहरनजिकै घेरिएपछि इजरायली सेनासँगको भिडन्तमा मंगलबार तीन प्यालेस्टिनीको मृत्यु भएको छ ।

नागरिक मामिलाका लागि सामान्य प्राधिकरणद्वारा सूचित जानकारीअनुसार काबातिया नजिकै इजरायली सेनाको गोलीबाट तीन युवाको मृत्यु भएको हो । मन्त्रालयले मृत्यु हुनेमा २४ वर्षीय राइद हनायसेह, २५ वर्षीय अनवर सबानेह र ३२ वर्षीय सुलेमान तजाजा रहेको जनाएको छ ।

इजरायल पुलिसले मंगलबार बिहान जेनिन क्षेत्रमा गरिएको आतंकवाद विरोधी अपरेसनको क्रममा पुलिसले शिन बेट र इजरायल डिफेन्स फोर्स (आईडीएफ)को सहयोगमा तीन विद्रोहीलाई मारेको र हतियार बरामद गरेको बताएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button