उच्च अदालत पाटन परिसरबाट रश्मिला धामी पक्राउ

काठमाडौँ, मंसिर ५-

पाटन उच्च अदालत परिसरमै विष सेवन गर्न लागेपछि एक महिला पक्राउ परेकी छन् । बुधवार पाटन उच्च अदालत परिसरमा विष सेवन गर्न लागेपछि बझाङ घर भएकी रश्मिला धामी पक्राउ परेकी हुन् ।

धामीमाथि आपराधिक लाभ (एक्सटर्सन) कसुरको उजुरी परेको प्रहरीले जनाएको छ ।

‘अदालतको गेटमा न्याय दे भनेर विष सेवन गरे जसरी ढलेको देखेपछि प्रहरीले तत्काल उद्धार गरेर अल्का अस्पताल लगेको छ’उपत्यका प्रहरी कार्यालय प्रमुख सानुराम भट्टराईले भने, ‘अब वीर अस्पताल लैजाने तयारी छ ।’ वीर अस्पताल लगेपछि उजुरीबारे अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button