रास्वपाको दबाबमा लामिछानेमाथिको अनुसन्धान प्रभावित नहोस्ः सहकारीपीडित

काठमाडौँ कात्तिक ७-

कास्कीका सूर्यदर्शन बचत तथा ऋण सहकारीका पीडितहरूले रास्वपाको दबाबमा पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अनुसन्धान र अदालत समेत प्रभावित नहोस् भन्ने माग गरेका छन् ।

सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति पोखरा, सहकारी बचतपीडित संघ कास्कीले बुधबार विज्ञप्ति जारी गर्दै अनुसन्धान प्रभावित हुन्छ कि भन्ने डरका कारण आफूहरू सडकमा आउनुपरेको उल्लेख गरेका छन् ।

अहिले रास्वपाले सभापति लामिछाने बचाउमा शान्तिसुरक्षा र घरघरमा पुगी पीडित बचतकर्तालाई भड्काउने काम गरेको भन्दै आपत्ति जनाएका छन् ।पार्टीका नेता र कार्यकर्ताहरुले पोखराको शान्त वातावरण नै बिथोल्ने गरि पीडित बचतकर्ताविरुद्ध गरेको कार्यक्रम, नाराबाजी, भाषणका साथै टोल टोल र घर घरमा पुगीपीडीत बचतकर्तालाई भड्काउने गरेको कामप्रति हामी घोर आपत्ति प्रकट गर्दछौ विज्ञप्तिमा छ ।

सहकारी ठगी प्रकरणमा जोडिएको जोसुकै भएपनि निष्पक्ष छानबिन हुनुपर्ने र सहकारीपीडित बचतकर्तालाई न्याय दिनुपर्ने समय मा रास्वपा त्यसविरुद्ध लागेको उनीहरूको भनाइ छ ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button