ईद फेस्टिभल बारे थाहा पाउनुपर्ने कुराहरु

कतार पर्यटनको आयोजनामा दोहा कर्नेशमा आज देखि पहिलो तीन दिने ईद फेस्टिभलको आयोजना हुँदैछ ।
मे ५ सम्म चल्ने फेस्टिभलमा विशाल बेलुन परेड,आतिशबाजी,कन्सर्ट,फुड स्टल लगायत विभिन्न मनोरञ्जनका गतिविधि समावेश हुनेछ । महोत्सवमा दैनिक १० देखि १५ हजार मानिस आउने अनुमान गरिएको छ ।
यस्तो छ महोत्सव बारे विस्तृत जानकारी :
१. कर्नेश प्रवेश
कार्यक्रमको लागि आगन्तुकलाई बेलुका ३ देखि ४ बजे सम्म प्रवेश गर्न दिइनेछ ।
२. बेलून परेड
बेलुका ९:३० बजे देखि फेस्टिभलमा सुपर मारियो, एंग्री बर्ड्स, डुङ्गा, चिया कप, ह्वेल शार्क र कुकुरलगायतको १७ वटा विशाल बेलुनको परेड देख्न पाईन्छ । हेलियम बेलून बेलुका ५:३० देखि राती ११ बजे सम्म हेर्न पाइनेछ ।
३. कन्सर्ट
कार्यक्रमको हरेको दिन अरब राष्ट्रका संगीतकर्मीले प्रस्तुति दिनेछन् । कार्यक्रम बेलुका ७:३० देखि सुरु हुनेछ ।
४. आतिशबाजी प्रदर्शन
राती ९ बजे कर्नेशमा आतिशबाजी प्रदर्शन हुनेछ । त्यस्तै राती ११ बजे सम्म फुड स्टल लगायतका विभिन्न मनोरञ्जनका गतिविधिहरु सन्चालन हुनेछ ।
५. निशुल्क बस सेवा
कर्वाले तीन दिने महोत्सवको लागि निःशुल्क बस सेवा प्रदान गर्दैछ । महोत्सवमा आगन्तुकलाई लैजान ७० बस प्रत्येक १० मिनेटको अवधिमा विभिन्न स्थान बाट छुट्नेछ ।