नेपाल इतिहास रच्दै पहिलो पल्ट विश्वकप क्रिकेटको क्वालिफायरमा

नेपाल विश्वकप क्रिकेटको क्वालिफायरमा पुग्न सफल भएको छ । विश्व क्रिकेट लिग टू मा नेपालले यूएईलाई हराए संगै नेपालले इतिहास रच्दै पहिलोपटक विश्वकप क्रिकेटको क्वालिफायरमा पुगेको हो ।
यस जितसँगै नेपाल जिम्बावेमा आयोजना हुने विश्वकप खेल्ने छ ।
युएईले दिएको ३ सय ११ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहदा खराब प्रकाशको कारण खेल रोकिदा डीएलको आधारमा नतिजा तय गरिएको हो ।
नेपालले जिम्बाब्वेमा हुने क्वालिफायरमा दक्षिण अफ्रिका, श्रीलङ्का, लगायतका टेष्ट मान्यता प्राप्त देशसँग खेल्ने सम्भावना छ ।