हय्या कार्ड भएका व्यक्ति अझै एक वर्ष कतार आउन पाउने

कतार सरकारले हय्या कार्डको म्याद अझै एक वर्ष थप गरेको छ ।
आन्तरिक मन्त्रालयले आज एक सूचना जारी गर्दै हय्या कार्ड भएका विदेशी नागरिक जनवरी २४,२०२४ सम्म कतार आउन र बस्न पाउने बताएको छ ।
कतार आउन पूरा गर्नुपर्ने प्रक्रिया
- हय्या पोर्टल मार्फत स्वीकृत भएको होटेल बुकिङ वा आफन्त/साथीभाइ संग बस्ने व्यवस्थाको प्रमाण ।
- कम्तिमा तीन महिना म्याद भएको पासपोर्ट ।
- स्वास्थ्य बिमा
- फर्कने टिकट ।
- “हय्या विथ मी” प्लेटफर्म मार्फत कतारी आईडी संगै हय्या कार्ड भएका व्यक्तिले तीन जना सम्म आफन्त/साथीभाइ कतार ल्याउन पाउने ।
- सबै प्रक्रिया पूरा गर्न कुनै शुल्क नलाग्ने।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
8
मनपर्यो
5
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
16
हाँसो लाग्यो
1
रीस उठ्यो