हिरासतमै भए पनि सभापतिसँग बसेर छलफल गरेर आन्दोलन तय गर्छुः अर्याल

काठमाडौँ, कात्तिक २६-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हिरासतमै भए पनि छलफल गरेर आन्दोलन तय गर्ने गरेको उपसभापति डोलप्रसाद (डीपी) अर्यालले बताएका छन् ।
दोस्रो चरणको सडक आन्दोलनको कार्यक्रम आज साँझ सम्म टुङ्गो लाग्ने बताउँदै आन्दोलन परिचालन समिति संयोजक समेत रहेका उपसभापति अर्यालले सभापति रविसँग छलफल छलफल गरेर आन्दोलन तय गर्ने गरेको जानकारी दिए ।
लामिछाने हिरासतमै रहे पनि समय मिलाएर बसेर संवाद गर्ने अर्यालले जानकारी दिए । यसका लागि काठमाडौँमै रहेका अर्का उपसभापति डाक्टर स्वर्णिम वाग्लेलाई पनि आफूले पोखरा बोलाएको उनले बताए । ‘आज विज्ञप्ति निकाल्ने तयारी गर्दैछौँ । अहिले उपसभापति स्वर्णिम वाग्ले जीलाई पनि पोखरा बोलाएको छु‚’ उनले भने‚ ‘हिरासतमै भए पनि सभापतिज्यूसँग एकछिन बसेर छलफल गरेर साँझ सम्म कसरी जाने भनेर विज्ञप्ति जारी गर्छु ।’
पार्टीको शनिवार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय गरेको थियो ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।