टेक्सास राज्यले आप्रवासीहरूलाई बस्नका लागि जग्गा उपलब्ध गराउने
वासिङ्टन डीसी, मंसिर ६-
अमेरिकामा राष्ट्रपतिमा निर्वाचित भएका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकाको टेक्सास राज्यका अधिकारीहरूले अवैध आप्रवासीहरूलाई बस्नका लागि जग्गा उपलब्ध गराउने बताएका छन् ।
अमेरिका–मेक्सिको सिमानामा अवैध आप्रवासीहरुलाई शिविर बनाउन करिब १ हजार ४०० एकड जमिन दिने प्रस्ताव उनीहरूले गरेका छन् ।
‘अमेरिकाको इतिहासका हिंस्रक अपराधीहरूलाई देशबाट बाहिर निकाल्न, उनीहरूमाथि अभियोग चलाउन वा हिरासतमा राख्न यस भूमिमा क्याम्प बनाउन सकिन्छ ।’
टेक्सासको ल्यान्ड डिपार्टमेन्टका एक अधिकारीको पत्रमा भनिएको छ । जनवरी २० मा ट्रम्पले दोस्रो पटक अमेरिकी राष्ट्रपतिको रूपमा पदभार ग्रहण गर्नेछन् । अवैध आप्रवासीलाई लिएर कडा नीति अपनाउने कुरा ट्रम्पले यसअघि नै बारम्बार गरिसकेका छन् । एजेन्सी
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो