तोलामा एक हजार बढ्यो सुन

काठमाडौं, मंसिर ६-

बिहीबार सुनको भाउ तोलामा १ हजार बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ६४ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ लाख ६३ हजार रुपैयाँ थियो । कात्तिक १५ गते सुनको भाउ तोलामा १ लाख ७१ हजार रुपैयाँको उच्च मूल्य रेकर्ड छ ।

त्यसयता घट्दै गएको सुन आइतबार तोलामा १ लाख ६० हजार रुपैयाँसम्म झरेको थियो । त्यस्तै चाँदीको मूल्य स्थिर छ । तोलामा १९५० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button