नवनियुक्त राजदूत भारद्वाजको कार्यभार सुरु

कतारका लागि नवनियुक्त नेपाली राजदूत डा .नारद भारद्वाले हिजोबाट नेपाली राजदूतावासको कार्यभार सम्हाल्नु भएको छ । राजदूतावासमा आयोजित कार्यक्रममा राजदूतलाई कूटनीतिक तथा स्थानीय कर्मचारीहरुले स्वागत गर्नुभएको थियो ।

सो अवसरमा राजदूतावासको तर्फबाट नियोग उपप्रमुख लक्ष्मण खनालले राजदूतावासबाट हुने सेवा प्रवाह र नेपाल -कतार द्विपक्षीय सम्बन्धकाबारे जानकारी गराउनुु भएको थियो । नवनियुक्त राजदूत भारद्वाजले उपस्थित कूटनीतिक तथा स्थानीय कर्मचारीहरुलाई स्वागतका लागि धन्यवाद व्यक्त गर्नुहुँदै नेपाल कतार सम्बन्धका विविध आयामहरुबारे प्नकाश पार्नु भएको थियो ।
नेपाली श्रमिकको हकहितका निमित्त उल्लेखनीय कार्य गर्नुहुनेछ भन्ने आशा साथ नवनियुक्त राजदूत नारद भारद्वाजलाई सफल कार्यकालका लागि बधाई तथा शुभकामना !!
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो