कतारमा ‘पूर्ण बहादुरको सारंगी’ दोस्रो सातामा

कतारमा गएको हप्तादेखि प्रदर्शनमा आएको फिल्म ‘पूर्ण बहादुरको सारंगी’ दोस्रो सातामा प्रवेश गरेको छ।

‘पूर्ण बहादुरको सारंगी’ बिहीबार देशभरका ७ वटा हलका २०० भन्दा बढी शोमा ९० प्रतिशत अकुपेन्सीका साथ प्रदर्शन भएको वितरक सेभेन सिजले जानकारी दिएको छ । कतारमा अहिलेसम्मकै बढी प्रदर्शन भएको यो नै पहिलो फिल्म हो। नेपालमा पनि सबैभन्दा बढी व्यापर गर्ने फिल्मले रेकर्ड बनाइसकेको छ ।

फिल्म एसियन टाउन,तावर मल,अल खोर,सिटी सेन्टर,जेरो वन,भिलाजियो र शुक वकिफमा फिल्म प्रदर्शन भैरहेको छ ।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्ममा विजयका साथमा प्रकाश सपुत, मुकुन भुसाल, अञ्जना बराइली, बुद्धि तामाङ, माओत्से गुरूङ, अलिशा बास्तोला, स्वयम केसी लगायत कलाकारहरूको अभिनय छ। फिल्मको संवाद महेश दवाडीले लेखेका छन्।

सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको फिल्मको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्।

कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
2
मनपर्‍यो
खुसी लाग्यो
6
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
6
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button