“गमन पत्र उजुरी केन्द्र” ले ४९८ भन्दा बढी उजुरी समाधान गर्यो


गमन पत्र उजुरी केन्द्रमा जनवरी २५ सम्म ४९८ भन्दा बढी उजुरी परेको छ । वर्षौ देखि रोजगारदाताले अनुमती नदिएका कारण स्वदेश फर्कन नपाएका आप्रवाशी कामदारहरुको उजुरी चाप बढेको छ । गमन पत्र उजुरी केन्द्र गत वर्षको डिसेम्बर देखि सन्चालनमा आएको थियो । स्थापना भएको समय देखि केन्द्रले झण्डै ३२१ उजुरी सामाधान गरेको छ जुन पुरा उजुरीको ६४ प्रतिशत रहेको छ ।
केन्द्रमा परेको उजुरी मध्ये २० गमन पत्र केन्द्रले तत्काल प्रदान गरेको थियो भने बाँकी २९६ पत्र रोजगारदाताहरु संगको मिलेमतोमा प्रदान गरको थियो ।
ब्रिगे्रडियर सलिम सक्र अल मुरैखी का अनुसार केन्द्रले स्थापना भएदेखि उजुरी समाधानका लागी हप्तामा तीन पल्ट सम्म गरी दस बैठक बसेको बताउनु भयो । केन्द्रमा मापदण्ड भन्दा बाहिर रहेका १७७ उजुरीहरु पनि परेको केन्द्रले जनाएको छ । जसमध्य १३८ उजुरी भागेर काम गरेका,२२ बाहिर पनि काम गर्ने,६ श्रमिक विभाग सम्बन्धित र बाँकी ११ उजुरी मानव अधिकार आयोगमा पठाईएको छ । यात्रा प्रतिबन्ध लागेका वा सार्वजनिक अभियोग लागेका ५ कामदारहरुको उजुरीलाई भने केन्द्रले अस्विकार गरेको छ ।
यो पनि पढ्नुहोस, गमन पत्र (एक्जिट पर्मिट) उजुरी केन्द्र समिति गठन, के हो गमन पत्र उजिरी केन्द्र ?
कतारका अरु धेरै समाचारहरुका लागि, तल हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोस ।