२४ औं गल्फ कपको उपाधि बहराइनले जित्यो

बहराइनले पहिलो पटक गल्फ कपको उपाधी जितेको छ । कतारमा आयोजना भएको २४ औं अरबियन गल्फ कप अन्तर्गतको फाइनल खेलमा बहराइनले साउदी अरेबियालाई १-० गोल अन्तरले पराजित गरेको हो । बहराइनको जितका लागि अल रुमैहीले खेलको ६९ औं मिनेटमा गोल गरेका थिए ।
खेलको ३० औं मिनेटमा पाएको पेनाल्टीलाई साउदी अरेबियाले खेर फालेको थियो । आजको खेल हेर्न १२ वटा फ्लाइटमा बहराइनी फ्यान कतार आएका थिए । समूह चरणको खेलमा साउदी अरेबियाले बहराइनलाई २-० गोलले हराएको थियो ।