भरतपुरमा मोटरसाइकलको ठक्करबाट साइकलयात्री गम्भीर घाइते

चितवन, मंसिर ७-
भरतपुर महानगरपालिका–४ शिवघाटमा मोटरसाइकलको ठक्करबाट साइकलयात्री गम्भीर घाइते भएकी छन् ।
बिहीवार बेलुका साढे ४ बजेको समयमा नारायणगढबाट शरणपुरतर्फ जाँदै गरेको ना २२ प ३४०० नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट जाँदै गरेको साइकललाई ठक्कर दिएको थियो ।
मोटरसाकइलको ठक्करबाट भरतपुर–४ राधाकृष्णचोक बस्ने ५५ वर्षीय गोमा कुमारी रोका गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । रोकाको अनुहार र टाउको पछाडिको भागमा गम्भीर चोट लागेको छ ।
घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले बताएको छ । मोटरसाइकल र चालक वीरगञ्ज महानगरपालिका–१८ बस्ने वर्ष १८ को रन्जित महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो