कतारी राजकुमारी शेखा आस्माबाट मनास्लु हिमालको सफल आरोहण

कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३ मिटर अग्लो गोरखाको मनास्लुको सफल आरोहण गरेकी हुन् ।

‘बिहान साँढे १० बजे सम्मिट गर्नुभयो । अहिले बेसक्याम्पतिर फर्कँदै हुनुहुन्छ,’ उनलाई आरोहण गराउने कम्पनीका एक कर्मचारीले भने, ‘उहाँसँगै हाम्रो कम्पनीबाट गएका विभिन्न देशका पाँचजना आरोहीले पनि सफल आरोहण गरेका छन् ।’

उनीहरुलाई कीर्तिमानी आरोही मिङ्मा डेविड शेर्पा, निर्मल पुर्जा र मिङ्मा तेञ्जिङ शेर्पाले गाइड गरेका थिए । यसअघि गत वसन्त ऋतुमा राजकुमारी अल थानी विश्वका सात महादेशका सात सर्वोच्च शिखर आरोहण गर्ने र दुई ध्रुवमा पाइला राख्ने लक्ष्यसहित सगरमाथा आरोहणका लागि नेपाल आएकी थिइन् ।

मौसम प्रतिकूल भएपछि अहिले मनास्लुको आरोहण गरेकी हुन् । यसअघि उनले दक्षिण अमेरिकाको ६,९६९ मिटरको माउन्ट एकोनकागुआ, अफ्रिकाको ५,८९५ मिटर अग्लो माउन्ट किलिमन्जारो र यूरोपको ५,६४२ मिटर अग्लो माउन्ट एल्ब्रस आरोहण गरिसकेकी छिन् ।

आस्माले कतारमा महिला सशक्तिकरणलाई अगाडि ल्याउन र यस क्षेत्रका महिलाहरूले नयाँ पुस्तालाई ठूलो सपना बोक्ने प्रेरणा दिलाउन हिमाल आरोहणमा रहेको जनाएकी छिन् ।

अन्नपूर्ण पोस्ट बाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button