विरजंगबाट पोखरा जादैँ गरेको बस दुर्घटना, १७ जना घाइते

हेटौंडा, मंसिर ७-

हेटौंडामा आज बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ चुरियामाई मन्दिर नजिक पूर्व पश्चिम सडक खण्डमा बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक स्यामु अर्यालले बताए ।

बिरगंजबाट पोखराको लागि आउँदै गरेको यात्रुबाहक ग २ ख १६२१ नम्बरको बस ब्रेक फेल भई सडक छेउको खोल्सामा पल्टेर दुर्घटना हुँदा बसमा सवार रहेका १८ जना यात्रु मध्ये चालक सहित १७ जना घाइते भएका हुन् । घाइतेहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button