इरानलाई पराजित गर्दै कतार एसियन कपको फाइनलमा

इरानलाई पराजित गर्दै कतार एसियन कपको फाइनलमा प्रवेश गरेको छ ।
अल थुमामा रंगशालामा भर्खरै सम्पन्न रोमाञ्चक खेलमा इरानलाई ३–२ गोलान्तरमा स्तब्ध पार्दै कतार फाइनलमा प्रवेश गरेको हो । खेलको ४ औं मिनेटमा नै कतार एक गोलले पछि परेको थियो । कतारको जितको लागि १७ औं मिनेटमा जस्सिम ४३ औं मा अकरम अफिफ र ८२ औं मिनेटमा अल्मोयज अलिले गोल गरेका थिए।
आयोजक कतार पछिल्लो संस्करणको विजेता पनि हो।
कतारले अब १० तारिक जोर्डन संग लुसेल रंगशालामा बेलुका ६ बजे फाइनल खेल खेल्नेछ।