दरबारमार्गमा फोहोर गरेको भन्दै एमालेलाई काठमाडौं महानगरले तोक्यो एक लाख जरिवाना

काठमाडौं, मंसिर ७-
नेकपा एमालेले जागरणसभाका नाममा काठमाडौंको दरबारमार्गस्थित सडक फोहोर गरेको भन्दै काठमाडौं महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना तोकेको छ । बिहीबार दरबारमार्गस्थित एमालेले गरेको जागरणसभाका क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै महानगरले एमालेलाई जरिवाना तोकेको हो ।
महानगरले फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एमालेलाई जरिवाना तोकिएको जनाएको छ । एमालेले आज दरबारमार्गमा जागरणसभा गरेको थियो । सभालाई प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र महाससचिव शंकर पोखरेलले सम्बोधन गरेका थिए ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो