आज नेपाल र म्यानमार बिचको खेल हुँदै

नेपालले आज  म्यानमारको यु–२३ फुटबल टोलीसँग दफ्नास्थित कतार स्पोर्ट्स क्लवमा मैत्रीपूर्ण खेल खेल्दैछ । खेल बेलुका ६:३० बजे बाट सुरु हुनेछ । खेल हेर्न प्रवेश निशुल्क रहेको छ ।

नेपाल यु–२३ टोली यसै वर्ष नेपालमा हुन गईरहेको दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा छ । उता म्यानमार पनि साउथ इष्ट एसियन गेम्सको तयारीमा छ ।

मैत्रीपूर्ण फुटबल म्याचबारे नेपाल यु–२३ टोलीका प्रशिक्षक बालगोपाल महर्जनले खुशी व्यक्त गरे । महर्जन भन्छन्, “म्यानमार विरुद्धको एक्सपोजर म्याच हुनु राम्रो हो । यो हाम्रो लागि कठिन चुनौति हुनेछ । साथै यसले हामीलाई सागका लागि आवश्यक तयारी गर्न थप सहयोग पुग्नेछ ।”

खेलाडीहरुको नामावली

अनन्त तामांग , अन्जन बिस्त , बिक्रम लामा , सुजल श्रेष्ठ , दिनेश राजबंसी , तेज तामांग , अविशेक रिजाल , सुनिल बल , हेमन्त थापा मगर , त्शिरिंग गुरुङ , अर्पण कार्की , दीप कार्की , देव लिम्बु , बिकाश खवाश , रोमन लिम्बु , नितिन थापा , सेसेहंग अन्ग्देम्बे , मिक्छें तामांग , राम चन्द्र वाजी , प्रेजें तामांग , रेजिन सुब्बा , राजिव लोप्चन , नवयुग श्रेष्ठ , सुमन आर्यल .
खेल मैदान जाने बाटो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button