भरतपुरको शारदानगर नहरमा स्कुटर अनियन्त्रित भई पल्टिँदा दुई जना घाइते

चितवन, मंसिर ८-
भरतपुर महानगरपालिका–१९ शारदानगर नहरमा स्कुटर अनियन्त्रित भई पल्टिँदा चालकसहित दुई जना घाइते भएका छन् ।
शुक्रवार राति साढे १० बजेको समयमा गैरी चौताराबाट टाउनतर्फ जादै गरेको ना ३० प १६१२ नम्बरको स्कुटर आफै अनियन्त्रित भइ पल्टिन जाँदा स्कुटर चालक भरतपुर–१७ बस्ने वर्ष अन्दाजी ४० को विनोद बस्नेत र स्कुटर पछाडि सवार भरतपुर–१८ बस्ने ३० वर्षीय प्रशान्त गुरुङ घाइते भएका हुन् ।
दुवैको अवस्था मध्यम रहेको र चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो