"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

१ लाख जरिवाना लगाएपछि पोखरेलको आरोपः बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने प्रष्ट भयो

काठमाडौं, मंसिर ८-

काठमाडौं मानगरका मेयर बालेन शाह एमालेविरुद्ध परिचालित भएको नेकपा एमालेका महासचिव शंकर पोखरेलले आरोप लगाएका छन् ।

‘कार्यक्रम समापन भएपछि त्यहाँको सरसफाइ आयोजकका तर्फबाटै भइरहेको थियो । संकलन गरिएको भएको फोहोर उठाउनका लागि महानगरलाई गाडी पठाइदिन अनुरोध गरिएको थियो । अनुरोधलाई स्वीकार गरेर सहयोग गर्नुको साटो फोहोर गरेको भनेर जरिवानाको प्रचार गरियो मेयरको निर्देशनमा’, महासचिव पोखरेलले सामाजिक सञ्जालमा भनेका छन् । ‘नेकपा (एमाले) पार्टी आफ्नो कार्यक्रमपछि कार्यक्रम स्थल सफा गर्दछ भन्ने कुरा हेक्का भएन मेयर बालेनलाई । जागरण सभा यस प्रकारका स्टन्टबाजी गर्नेहरूलाई सचेत बनाउनका लागि पनि हो’, उनी भन्छन् ।

यस्तै हिजो दरबारमार्गको जागरण सभाका क्रममा जथाभावी फोहरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै महानगरले एमालेलाई १ लाख जरिवाना लगाएको थियो । कार्यक्रम सकिएपछि स्वयंसेवकहरूले संकलन गरेको फोहोर उठाउन एमालेले गाडी पठाइदिन अनुरोध गरको थियो ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button