कतारले विश्वकप २०२२ को अन्तिम खेल खेल्दै

फिफा विश्वकप २०२२ प्रतियोगितामा कतारले आज अन्तिम खेल खेल्दैछ ।
छनौट चरण नै पार नगरी आयोजकको नाताले प्रतियोगितामा सहभागी हुन पाएको कतारले समूह ए को पहिलो खेलमा इक्वेडर संग २-० गोल अन्तरले हार बेहोरेको थियो ।
त्यस्तै दोस्रो खेलमा सेनेगल संग ३-१ गोलले पराजित भएपछि कतार एक खेल अगावै प्रतियोगिताबाट बाहिरी सकेको छ।
प्रतिष्ठाका लागि कतारले अन्तिम खेल आज नेदरल्यान्ड संग अल बायत रंगशालामा बेलुका ६ बजे खेल्दैछ । नेदरल्यान्डलाई अर्को चरणमा पुग्न बराबरीको नतिजा भए पुग्नेछ ।