आज १,५८१ जनामा भाइरस देखियो

कतारमा बिहिवार थप १,५८१ जनामा कोरोनाभाइरस संक्रमण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार ४,६४९ जनालाई गरिएको परिक्षणमा आज १,५८१ जना नयाँ संक्रमित भेटिएको हो । त्यस्तै १,९२६ जनालाई निको भएको छ ।

कतार सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।

पहिलो स्वाब नतिजा पोजेटिभ आएका सामान्य बिरामीलाई १४ दिनमा डिस्चार्ज दिने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मार्गनिर्देशन अनुसार अपनाएको स्वास्थ्य उपचार विधिका कारण कतारमा अहिले यस रोग बाट निको हुनेको संख्या पनि दिनहुँजसो बढ्दै गैरहेको छ ।

गएको २४ घण्टा भित्रकाे तथ्यांक  

अस्पताल भर्ना भएका – २१० जना

अस्पतालमा उपचार भैरहेका जम्मा – १,६४६ जना

आईसीयुमा भर्ना भएका – १४ जना

आईसीयुमा उपचार भैरहेका जम्मा – २३९ जना

जाँच गरिएको संख्या – ४,६४९ जना

आज सम्म जाँच भएको संख्या – २,४१,०८६ जना

निको हुनेको संख्या – १,९२६ जना

आज सम्म निको हुनेको संख्या – ३९४६८ जना

निको हुन बाँकीको संख्या – २४,२२८

आज सम्म मृत्यु हुनेको संख्या – ४५

कुल संक्रमितको संख्या – ६३,७४१

कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button