प्रधानमन्त्री ओलीको सरकार ढल्दैन भन्नेबाहेक अरु कुनै काम छैनः विप्लव
काठमाडौं, मंसिर ८-
नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढल्दैन भन्नेबाहेकको अरु कुनै काम नभएको टिप्पणी गरेका छन् ।
पार्टी पुनर्गठन दिवसको अवसरमा काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले सरकारले जनताप्रति उत्तरदायी काम गर्न नसकेको बताए ।
उनले भने, ‘हिजो प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँ दिनदिनै यो सरकार ढल्दैन भन्नुहुन्थ्यो । अहिले केपीजी प्रधानमन्त्री हुनुहुन्छ । उहाँ पनि अहिले यो सरकार ढल्दैन भनेर भनिराख्नुभएको छ । उहाँको काम नै त्यहीमात्रै छ । जनतालाई लागेको छ, यो राति १२ बजे ढल्नसक्छ । बिहानै उछिटिनसक्छ अथवा देशमा भ्रष्टाचारीहरुले कब्जा गर्नसक्छन्, यो लागिरहेको छ ।’
उनले अहिले एमसीसीपछि एसपीपी सम्झौता गर्ने षड्यन्त्र भइरहेको बताए । फाइल तस्बिर
यस समाचारको श्रोत : www.narayanionline.com हो ।