बिज्ञापन

आज १६३ जनामा भाइरस देखियो

गत चौबिस घण्टामा देशभर थप १६३ जनामा कोरोना भाइरस संक्रमण र ११८ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

आज भाइरस देखिएका मध्ये १४२ जना स्थानिय र २१ जना अन्य देश बाट आएका यात्रुहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २,४४,७०८ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार २१,१७१ जनालाई परिक्षण गरिएको थियो ।

गएको २४ घण्टा भित्रकाे तथ्यांक  

हालसम्म जाँच भएको संख्या : ३०,३८,५९८ जना

अस्पतालमा उपचार भैरहेका जम्मा – ६० जना

आईसीयुमा उपचार भैरहेका जम्मा – १२ जना

निको हुनेको संख्या : २,४१,७९७

आज सम्म खोप वितरण : ५०,३५,४७०

बुस्टर डाेज खोप वितरण :  १,४८,७४२

आजको खोप वितरण : ७,२१६

निको हुन बाँकीको संख्या : २,३००

ज्यान जानेको संख्या : ६११ जना

कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।     

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
3
खुसी लाग्यो
दुःख लाग्यो
4
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button