आज ११०३ जनामा भाइरस देखियो

कतारमा पछिल्लो २४ घण्टामा ३,२७५ जनालाई जाँच गर्दा थप १,१०३ जनामा कोरोना भाइरस देखिएको र ८७ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या २३,६२३ पुगेको छ ।
सरकारको उच्च सतर्कता र व्यापक जाँचका कारण कतारमा यतिखेर भाइरसको अवस्था उत्कर्षमा पुगेको छ । साथै केहि दिन पश्चात संक्रमितको संख्या ओरालो लाग्ने मन्त्रालयले बताएको छ ।
آخر مستجدات فيروس كورونا في قطر
Latest update on Coronavirus in Qatar#سلامتك_هي_سلامتي #YourSafetyIsMySafety pic.twitter.com/WdLKHX17Kb— وزارة الصحة العامة (@MOPHQatar) May 11, 2020
हालसम्म २,८४० जना निको भएर घर फर्किएका छन् भने २०,७६९ जना उपचारत छन् । आज सम्म १,३१,०४४ जनालाई जाँच गरिएको मन्त्रालयले बताएको छ । भाइरसका कारण हालसम्म कतारमा १४ जनाको मृत्यु भईसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो