प्रतियोगिताका लागि कान्तिपुर मेडिकल र थिन्क पोजेटिभ फाउन्डेसनको सहयोग
डिसेम्बर ६ देखि सुरु हुने तेस्रो सिएफसी नकआउट फुटबल प्रतियोगिताका लागि कान्तिपुर मेडिकल सेन्टर र थिन्क पोजेटिभ फाउन्डेसनले सहयोग गरेको छ ।
प्रतियोगिताका लागि हिजो सम्पन्न एक कार्यक्रमबिच मेडिकल सेन्टरका प्रबन्धक निर्देशक विकास प्रसाई र फाउन्डेसनका संरक्षक विष्णु कार्कीद्वारा जम्मा ४० थान जर्सी आयोजक क्लबलाई हस्तान्तरण गरिएको छ ।
त्यस्तै मेडिकल सेन्टरबाट प्रतियोगिता अवधिका लागि प्राथमिक उपचारको किट, एक नर्सका साथै हरेक खेलको म्यान अफ दि म्याच खेलाडीलाई निशुल्क स्वास्थ्य परिक्षणको भाउचर प्रदान गरि सम्झौता भएको छ I
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
3
मनपर्यो
2
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो