एक हप्तामा एक लाख डाेज खोप वितरण गरियो

बु गार्नमा खोलिएको नयाँ कोभिड-१९ खोप केन्द्रले पहिलो हप्तामा एक लाख बढी डाेज खोप वितरण गरेको छ ।

व्यवसाय तथा उद्योग क्षेत्रको लागि खुलेको खोप केन्द्रले दैनिक ३० हजार खोप वितरण गर्ने लक्ष्य राखेको छ । खोप केन्द्र जनवरी ९ देखि सन्चालनमा आएको हो ।

बुस्टर डाेजलाई प्राथमिकतामा राखेर पहिलो र दोस्रो डाेज लगाउन बाँकी रहेकाहरुलाई पनि खोप वितरण गरिने स्वास्थ्य मन्त्रालयले बताएको छ ।

स्वास्थ्य मन्त्रालय, हमाद मेडिकल कर्पोरेशन र प्राइमरी हेल्थ केयर कर्पोरेशन बीचको सहकार्य तथा आन्तरिक मन्त्रालय, वाणिज्य तथा उद्योग मन्त्रालय र कोनोकोफिलिप्स-कतारको सहयोगमा खोप केन्द्र खुलेको हो ।

केन्द्रमा अपोइन्टमेन्टको आधारमा मात्र खोप वितरण गरिनेछ । अपोइन्टमेन्ट बिना कसैलाई पनि प्रवेश नदिइने मन्त्रालयले स्पष्ट पारेको छ ।

कम्पनीले QVC@hamad.qa मा इमेल गरेर योग्य कामदारको लागि अपोइन्टमेन्ट लिन सक्नेछन् । ५ सय भन्दा बढी स्वास्थ्यकर्मी र २८० स्टेशन रहेको केन्द्र आइतबारदेखि बिहिवार बिहान ७ देखि बेलुका ५ बजेसम्म सन्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
12
मनपर्‍यो
खुसी लाग्यो
35
खुसी लाग्यो
दुःख लाग्यो
6
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
2
हाँसो लाग्यो
रीस उठ्यो
6
रीस उठ्यो
Back to top button