"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण

दमौली (तनहुँ), मङ्सिर ९ –

बन्दीपुर गाउँपालिका–४ मा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण गरिएको छ । स्थानीय गणेशबहादुर गुरुङको सक्रियतामा उक्त गुम्बा निर्माण गरिएको हो । गुम्बा बनाउन उहाँले रु १० लाख पाँच सय ६५ सहयोग गर्नुभएको थियो । दुई दशकअघि सेवानिवृत्त सैनिक हवल्दार गुरुङले सामाजिक सेवा गर्न पाउँदा आफूलाई सन्तुष्टि मिल्ने बताउनुभयो । सोही वडाको रानीवन क्षेत्रमा शाक्यमुनि बौद्ध छ । भियतनामका इन्जिनियरको सहयोगमा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण थालिएको उहाँले बताउनुभयो ।

गुम्बाका माध्यमबाट बन्दीपुरको पर्यटन प्रवर्द्धमा टेवा पुग्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताउनुभयो । समाजसेवी गुरुङप्रति उहाँले कृतज्ञता ज्ञापन गर्दै समाजमा उहाँजस्ता धेरैको खाँचो रहेको बताउनुभयो । रासस

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button