८ जना नेपालीले पाए आममाफी

रमादानको अवसरमा दिइने आममाफी क्रममा यसपटक ८ जना नेपाली कैदीहरुले आममाफी पाएका छन्। कतारस्थित कारागारमा विभिन्न सजायमा बन्दी जीवन बिताइरहेका नेपालीहरुलाई नियमानुसार आममाफी दिइएको नेपाली दूतावासले जानकारी गराएको छ । क्युएन खबरले आज आयोजना गरेको भिडियो कन्फेरेन्स संवाद कार्यक्रममा दुतावासको तर्फ बाट द्रितित्य सचिव प्रविन भट्टराईले आममाफीको बारेमा जानकारी दिनुभएको हो ।
क्षमादान पाउनेमा ४ जना कुटपिट, २ जना चोरी र २ जना सवारीजन्य कसुरमा सजाय भुक्तान गरिरहेका नेपाली रहेका छन्।
यसअघि कोरोना भाइरसको महामारीको अवस्थामा १८ नेपालीले आममाफी पाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो